पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना, ३० जनाको मृत शव निकालियो।

पोखरा := पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको जहाजमा ६२ नेपाली नागरिक र १० जना विदेशी नागरिक रहेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क छन्।

काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी एटीआर जहाज दुर्घटनामा परेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । जहाजमा ६८ जना यात्रु र चालक दलका चार जना सदस्य सवार थिए । जहाज क्याप्टेन कमल केसी र कोपाइलट अन्जु खतिवडाले उडाएका थिए । एस हुन्चु र ओए मगर परिचारिका थिए।

उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जा“दासम्म दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो । पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ ।पुुरानो विमानस्थलको पछाडिपट्टि रहको सेती नदी दोभानमा जहाज खसेको थियो ।