सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल हुने।

काठमाडौं:= सत्ता गठबन्धनको बैठक आज बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन्।

एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागवण्डा टुंगिएको छैन। आज बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुनेछ ।

प्रचण्डले बुधबार साँझ मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेका थिए। ओलीसँग वार्ता गर्न प्रधानमन्त्री प्रचण्ड उनकै निवास बालकोट पुगेका थिए।