रोनाल्डो र मेस्सीबीच मैत्रीपूर्ण फुटबल खेल हुने।

काठमाडौँ:= पोर्चुगिज फरवार्ड स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले नयाँ अनुबन्धित साउदी अरेबियन क्लब अल नासरबाट जनवरी २२ मा डेब्यु गर्ने भएका छन्। अप्रिलमा म्यानचेस्टर युनाइटेड छोडेका पोर्चुगिज फरवार्ड रोनाल्डो अल नासरमा आवद्ध भएका थिए ।

तर अल नासरबाट उनी मैदान उत्रिएका छैनन्। यस संगै विश्वका चर्चित दुई फुटबल स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आगामी साता हुने मैत्रीपूर्ण खेलमा दुई क्लबको नेतृत्व गर्दै रियादमा खेल्ने भएका छन् ।

खेलमा मेस्सीले पेरिस सेन्ट जर्मेइन (पीएसजी) र रोनाल्डोले नयाँ क्लब अल नासर तथा साउदीको अर्को क्लब अल हिलालका खेलाडी मिलेर बनेको टोलीसँग जनवरी १९ मा रियादमा मैत्रीपूर्ण खेल खेल्ने घोषणा गरेका हुन् ।

कतारको स्वामित्वमा रहेको पीएसजीले जनवरी १७ मा दोहाको यात्रा गर्नेछ । रोनाल्डो र मेस्सीले पछिल्लो १५ वर्षमा १२ पटक बालोन डी’ओर जितेका छन् । उनीहरूको प्रतिद्वन्द्विता नौ वर्षको दौडानमा बढ्यो जसमा उनीहरू स्पेनमा एक अर्काको बिरूद्ध प्रतिस्पर्धा गर्दै आएका थिए ।