संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्नेछौं: प्रचण्ड नेतृत्वको सत्ता साझेदार दल।

काठमाडौं := सत्तारुढ राजनीतिक दलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रतिनिधिसभाका सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनको बैठकमा सबै राजनीतिक दललाई विश्वासको मत दिन आह्वान गर्ने निर्णय भएको हो ।

त्यस्तै सरकार सञ्चालनका लागि साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने निणर्य भएको छ। न्यूनतम साझा कार्यक्रमलाई छिटै औपचारिक रूपमा सार्वजनिक गरिने बतायएको छ ।

साथै बैठकले सरकार सञ्चालनका लागि सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने निर्णय गरेको छ। न्यूनतम साझा कार्यक्रमलाई छिटै औपचारिक रूपमा सार्वजनिक गर्ने पनि बैठकले निर्णय गरेको छ।

आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्दने, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत सहभागी थिए ।