इजरायली प्रधानमन्त्री नेतन्याहुको नयाँ सरकारविरुद्ध हजारौँ जनताको प्रदर्शन।

Israelis protest against Israeli prime minister Benjamin Netanyahu outside Prime Minister official residence in Jerusalem on July 25, 2020. Photo by Olivier Fitoussi /Flash90 *** Local Caption *** שמאל משטרה ירושלים הפגנה בלפור

एजेन्सी (इजरायल):= इजरायली इतिहासमा सबैभन्दा दक्षिणपन्थी मानिने प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको नयाँ सरकारविरुद्ध हजारौं इजरायलीहरूले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले तेल अवीवको तटीय सहरमा ‘लोकतन्त्र खतरामा छ’ र ‘फासीवाद र रंगभेदको विरुद्धमा’ लगायतका नारा लगाएका प्लेकार्ड बोकेका थिए ।

कोहीले इजरायली र इन्द्रेणी झण्डा फहराएका थिए भने अरूले ‘अपराध मन्त्री’ लेखिएको ठूलो ब्यानर बोकेका थिए । यो नारा विगतका वर्षहरूमा नेतन्याहुविरुद्ध नियमित प्रदर्शनको क्रममा इजरायलीहरूले व्यापक रूपमा प्रयोग गर्दथे ।  नोभेम्बर १ को निर्वाचनपछि नेतान्याहुले गठबन्धन सरकारको नेतृत्व गरेका थिए ।