महाकाली नदीमा तुइनबाट नदी तर्ने बेलामा खसेर १० वर्षीय बालक बेपत्ता।

bfr'{nfsf] pQ/L If]qsf gful/s clxn] klg t'Ogdfkm{t cfjt hfjt ug]{ u/]sf 5g . t'Ogdfkm{t cfjthfjt ug'{ hf]lvd 5 eg] t'Ogaf6 v;]/ :yfgLon] csfnd} Hofg u'dfpg] u/]sf 5g . ;/sf/n] t'Og lj:yfkgcGtu{t emf]n'+u] k'n lgdf{0f ug]{ elgP klg ef/tLo kIfn] ;xdlt glbFbf :yfgLon] t'Ogsf] hf]lvd lng'k/]sf] 5 . t:jL/ M g/]Gb|l;x sfsL{, bfr'{nf, /f;; ;'b"/klZrd k|b]z

दार्चुला:= दार्चुलाको ब्यास गाउँपालिका–४ डोकट गाउँको तल तुइनबाट खसेर महाकाली नदीमा एक बालक बेपत्ता भएका छन् । बिहीबार दिउँसो नेपालबाट भारत जाने क्रममा डोकटका स्थानीय १० वर्षीय बालक दिपेन्द्र विष्ट तुइनबाट खसेर बेपत्ता भएको स्थानीयले बताएका छन् ।

ब्यास गाउँपालिका–४ खाल्नगर बस्तीमा बसोबास गर्ने डोकटस्थित मेलपाटा टोलका दिपेन्द्र तुइन तर्ने क्रममा खसेर बेपत्ता भएको ब्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले जानकारी दिनुभएको छ ।

घटना बिहीबारको भएको भए पनि शनिबार मात्र सार्वजनिक रुपमा जानकारीमा आएको हो । बिहीबार बिहान भारततिर खर काट्न गएकी आमाको पछि–पछि गएका दीपेन्द्र तुइनबाट नदीमा खसेको बताइएको छ ।

उनी डोकटस्थित ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए । प्रहरीले पनि उक्त घटनाबारे एकिन जानकारी नभएको जनाएको छ ।

प्रहरीलाई महाकालीमा तुइनबाट खसेर बेपत्ता भएको खबर बुझ्न फोन आउन थालेपछि अहिले सुन्सेरा प्रहरी चौकीबाट बेपत्ता बालकको घरमा प्रहरी पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।