यातायात र वैदेशिक रोजगार कार्यालयबाट ३८ जना विचौलिया (दलाल) पक्राउ।

काठमाडौं := काठमाडौंका विभिन्न कार्यालयबाट ३८ जना बिचौलिया (दलाल) हरु पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट २५ जना र वैदेशिक रोजगार कार्यालय ताहाचलबाट १३ जना गरी ३८ जना बिचौलिया पक्राउ परेका हुन् ।

बुधबार र बिहीबार काठमाडौंको चन्द्रागिरी नगरपालिका ५ स्थित यातायात ब्यवस्था कार्यालय गुर्जुधारा शाखाबाट उनीहरुलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

उनीहरुले सेवाग्राहीहरुलाई बिना इजाजत सेवा लिने र दिने कार्यमा बाधा पुर्‍याई लाग्ने दस्तुर भन्दा बढी दस्तुर लिने र छिटो छरितो काम गरिदिने भनी आश्वासन दिएर ठगेको पाइएपछि प्रहरीले पक्राउ गरेको हो ।

नयाँ लाइसेन्स बनाउन र कागजपत्र नवीकरण गर्न जाने सेवाग्राहीलाई ‘छिटो काम गरिदिन्छौं’ भनेर बिचौलियाहरूले रकम असुल्ने गरेका छन्। यातायातका कर्मचारीहरू पनि बिचौलियाहरूसँग मिल्ने गरेको आरोप छ।

हेर्नुहाेस् बिचाैलिया पक्राउ सम्बन्धमा पूर्ण विवरण र भिडियाेसहितकाे  प्रहरीकाे फेसबुक पाेष्ट :