ब्राजिल := ब्राजिलका फुटबल स्टार पेलेलाई उनको शव राखिएको पुरानो सान्तोस फुटबल क्लबमा लाखौं मानिसहरु श्रद्धाञ्जली अर्पण गर्न भेला भए । शवलाई स्टेडियमबाट बाहिर निकालेर सान्तोस सिटीको सडक हुँदै परिवार नजिकै गाडिएको छ।
त्यहाँ उपस्थित बीबीसी संवाददाताका अनुसार, “रङ्गशालामा धेरै मानिसहरूको आँखामा आँसु थियो, धेरैले ताली बजाइरहेका थिए र धेरैले आफ्नो ‘भगवान’ लाई भुइँमा सुतेर अभिवादन गरिरहेका थिए।

ब्राजिलका नवनियुक्त राष्ट्रपति लुला डे सिल्भा पनि श्रद्धाञ्जली अर्पण गर्न आएका थिए । आइतबार पदभार ग्रहण गरेका लुला एक मिनेट मौनधारण गरेर सुरु भएको श्रद्धाञ्जली कार्यक्रममा आइपुगेका थिए । बीबीसीका फ्रान्सिस मेयोका अनुसार, “पूरै शहर भिल्ला बेलमिरो स्टेडियममा भिड लागेको जस्तो देखिन्थ्यो।”



















