इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी।

एजेन्सी := इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले बर्नमाउथलाई ३–० ले हराएको हो। पछिल्लो समय उत्कृष्ट फर्ममा रहेको युनाइटेडका लागि मार्कस रास्फोर्ड, लुके सा र क्यासेमिरोले एक एक गोल गरे।

खेलको २३ औं मिनेटमा क्यासेमिरोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा लुके साले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । त्यसपछि ८६ औं मिनेटमा रास्फोर्डले गोल गोल गर्दै युनाइटेडलाई ३–० को जित दिलाए । यस जितसँगै युनाइटेडको १७ खेलबाट ३५ अंक पुगेको छ ।