मेक्सिकोको सर्वोच्च अदालतमा पहिलो महिला प्रधानन्यायाधीश नोर्मा पिना हर्नान्डेज निर्वाचित।

मेक्सिको := मेक्सिकोको सर्वोच्च अदालतले सोमबार तीन चरणको मतदानपछि नोर्मा पिना हर्नान्डेजलाई देशको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश निर्वाचित गरेको छ। मेक्सिकोको अखबार रिफार्माले जनाएअनुसार संघीय न्यायपालिकामा ३४ वर्षको अनुभव रहेकी नोर्माले चार उम्मेद्वारहरूलाई पछिपार्दै सो परिणाम निकालेकी हुन् ।

विजयपछि उनले सबैको साथ, समर्थन र सहमति हुनुपर्नेमा जोड दिएकी छिन् । उनले भनिन्- म धेरै बलियो महसुस गर्छु किनभने हामी सबै एकजुट छौं। हर्नान्डेजलाई सन् २०१५को को अन्त्यमा तत्कालीन राष्ट्रपति एनरिक पेना निटोद्वारा अदालतमा मनोनीत गरिएको थियो ।