ग्लोबल आइएमई बैंकको आयोजनामा वृहत् रक्तदान कार्यक्रम सम्पन्न।

काठमाडौं := ग्लोबल आइएमई बैंकले १६औँ वार्षिकोत्सवका अवसरमा देशव्यापी बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंक पुस १८ गतेदेखि स्थापनाको १६ वर्ष पूरा गरी १७औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैंकले सोमबार देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमअन्तर्गत प्रदेश १ को बिर्तामोड शाखा, मधेश प्रदेशको मिर्चैया शाखा, सिरहा, बागमती प्रदेशको कान्तिपथ शाखा, भरतपुर शाखा, गण्डकी प्रदेशको न्युरोड शाखा, लुम्बिनी प्रदेशको घोराही शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशको चौराहा शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । रक्तदान कार्यक्रममा पाँच सय १२ रक्तदाताबाट दुई सय ४२ लिटर रगत संकलन भएको बताइएको छ ।