प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिए पद तथा गोपनियताको शपथ।

काठमाडौं :=प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शपथ खुवाएकी हुन्।

प्रचण्डले पहिलोपटक दौरा सुरूवाल लगाएर शपथ लिएका छन्। यसभन्दा अघि २ पटक प्रधानमन्त्रीको शपथ लिँदा प्रचण्डले भादगाउँले टोपीसहित कोट-पेन्टमा थिए।

यसैगरी नवनियुक्त मन्त्रीहरूलाई पनि राष्ट्रपति भण्डारीले शपथ खुवाएकी छन्। नवनियुक्त मन्त्रीहरू विष्ण पौडेल, रवि लामिछाने, नारायणकाजी श्रेष्ठले शपथ लिएका हुन्।

पौडेल उपप्रधानसहित अर्थ, लामिछानेले उपप्रधानसहित गृह र श्रेष्ठले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको  शपथ लिएका हुन्। राष्ट्रपति भण्डारीले प्रचण्डलाई आइतबार संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।