अफगानिस्तानमा महिलालाई एनजीओमा काम गर्न प्रतिबन्ध।

Women of all ages, from little children girls, adults and elderly are seen in queue asking and demanding food from police officers. Those female asylum seekers refuse to enter and live in the new camp hoping they will be transferred to another European country, most of them are from Afghanistan, they stay roadside in makeshift camps between the New Refugee Camp in Kara Tepe or Mavrovouni built by the Greek army with UNHCR tents and the city of Mytilene ( Mitilini ) with thousands of refugees and migrants after the fire in Moria hotspot, on September 9, 2020. Kare Tepe, Lesbos island, Greece on September 13, 2020 (Photo by Nicolas Economou/NurPhoto via Getty Images)

काबुल:= महिलाको स्वतन्त्रतामा दमन गर्ने एक पछिल्लो कदममा अफगानिस्तानको तालिबान सरकारले शनिबार महिला कर्मचारीहरूलाई कुनै पनि विदेशी र स्थानीय गैर–सरकारी संस्था (एनजीओ) मा काम गर्न प्रतिबन्ध लगाएको छ । अर्थ मन्त्रालयको पत्रमा उक्त प्रतिबन्ध उल्लेख छ ।

अर्थ मन्त्रालयका प्रवक्ता अब्दुलरहमान हबिबले पत्रको पुष्टि गरेका छन् । केही कर्मचारीहरूले महिलाहरूको लागि इस्लामिक ड्रेसकोड पालना गर्न असफल भएकाले महिला कर्मचारीहरूलाई अर्को सूचना नभएसम्म गैरसरकारी संस्थाहरूमा काम गर्न अनुमति नभएको पत्रमा उल्लेख छ ।

अफगानिस्तानमा ठूलो संख्यामा रहेको संयुक्त राष्ट्र संघका एजेन्सीहरूलाई पनि यो आदेश लागू हुन्छ कि हुँदैन भन्ने विषय भने स्पष्ट छैन । यसअघि तालिबानले महिलालाई विश्वविद्यालयमा प्रतिबन्ध लगाएको थियो ।

यसअघि तालिबानले अफगान महिलाहरूको शिक्षा र स्वतन्त्रताको अधिकारलाई दमन जारी राख्दै केही दिनअघि महिलाहरूको लागि विश्वविद्यालय शिक्षामा राष्ट्रव्यापी प्रतिबन्ध लगाउन आदेश दिएका थिए  ।

गत वर्ष सत्ता कब्जा गर्दा नरम नियम बनाउने वाचा गरे पनि तालिबानले अन्तर्राष्ट्रिय आक्रोशलाई बेवास्ता गर्दै महिलाको जीवनका सबै पक्षमा प्रतिबन्ध लगाएको थियो ।