ग्लोबल आइएमई बैंकका थप आठ शाखारहित सेवा।

धनुषा := ग्लोबल आइएमई बैंकले शुक्रबार थप आठ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले धनुषाको धनुषाधाम नगरपालिका ९, महोत्तरीको मनरा शिसवा नगरपालिका १, गुल्मीको मुसिकोट नगरपालिका ४ र वडा २, उदयपुरको कटारी नगरपालिका २ मा नयाँ शाखारहित सेवा सञ्चालनमा ल्याएको हो ।

त्यसैगरी अर्घाखाँचीको पाणिनी गाउँपालिका ६, कपिलवस्तुको शिवराज नगरपालिका ९ र कैलालीको चुहा नगरपालिका ७ मा पनि शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । पछिल्ला शाखारहित सेवासँगै शाखारहित सेवा संख्या २८३ पुगेको बताइएको छ ।