म्याग्दी := ग्लोबल आइएमई बैंकले म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका ६ पोखरे बगरमा बैंकको ५२औँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बेनी शाखाअन्तर्गत रहने गरी एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
एक्सटेन्सन काउण्टरबाट निक्षेप संकलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ सेवा, रेमिट्यान्स सेवालगायत सबै किसिमका साधारण बैंकिङ सेवा उपलब्ध हुने बताइएको छ ।




















