सुदूरपश्चिमेलि नेपाली समाज साइप्रसद्वारा मृगौला पीडित इन्द्रबहादुर शाहलाइ आर्थिक सहयोग।

[ समीर मल्ल ] 

धनगढी : सुदूरपश्चिमेलि नेपाली समाज साइप्रसले अछाम चोरपाटी गाउपालिका घर भैइ हाल धनगढी उप- महानगरपालिका २ सन्तोषी टोलमा बस्ने मृगौला पिडित वर्ष २८ का इन्द्रबहादुर शाहलाइ आर्थिक सहयोग हस्तान्तरण गरेको छ। विहिवार मृगौला  पिडित शाहको घरमै पुगेर उक्त रकम हस्तान्तरण गरेको सुदुरपश्चिमेली नेपाली समाज साइप्रसका अध्यक्ष डम्मर खड्काले बताउनुभयो।

कार्यक्रमा सुदूरपश्चिमेलि नेपाली समाज साइप्रसका अध्यक्ष  डम्बर बहादुर खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अथिती बाजुरेली सेवा समाजका पुर्ब अध्यक्ष तथा संरक्षक योग गुरु कुल बहादुर हमाल , बिशिस्ट अथिती सुदूरपश्चिमेलि समाज अन्तर्राष्ट्रिय समितिका नेपाल संयोजक चेतन थापा, तथा अथितिहरुमा सुदूरपश्चिमेलि नेपाली समाज
सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाका पुर्ब अध्यक्ष तथा संरक्षक समीर मल्ल, सुदूरपश्चिमेलि नेपाली समाज कुवेतका पुर्ब अध्यक्ष तथा प्रमुख अभियान्ता अमर खड्का सुदूरपश्चिमेलि नेपाली समाज भारतका पुर्ब अध्यक्ष दिपक प्रकाश मल्ल तथा जनउत्थान केन्द्र भारतका उपाध्यक्ष तथा समाजसेवी मनोज धामिको उपस्तिथि रहेको थियो ।

कार्यक्रमको सहजीकरण सु .प समाज कुवेतका पुर्ब अध्यक्ष अमर खड्काले गर्नु भएको थियो। सुदुरपश्चिमेली नेपाली समाज साइप्रस ले दैबिक प्रकोप तथा विभिन्न किसिमका मानबिय समस्याहरुमा सहयोग गर्दै आयको छ । सोही क्रममा मृगौला पिडित इन्द्रबहादुर शाहको बारेमा पनि सस्थामा जानकारी आएपछी सु प समाज साइप्रसले केही रकम संकलन गरि नेपाल पठाइएको समाजकी महासचिव रमिता चन्दले बताउनु भयो |