काठमाडौं := नवनिर्वाचित प्रतिनिधि सभाका सांसदरूको आगामी ५ वर्षे कार्यकाल बिहिबारबाट सुरू भएको छ। सांसदहरूले पद तथा गोपनियताको शपथ ग्रहण लिएसँगै कार्यकाल प्रारम्भ भएको हो। प्रतिनिधि सभाका सदस्यहरूलाई ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले नयाँ बानेश्वरस्थित संघीय संसद हलमा पद तथा गोपनियताको शपथ खुवानुभयो ।
नेपालको संविधाको धारा ८८ बमोजिम संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि संघीय कानूनबमोजिम शपथ लिनुपर्ने व्यवस्था रहेकाे छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।




















