शोभित बस्नेतको नयाँ चलचित्र ‘जय हो’ को निर्देशन टेक पैरवी राईले गर्ने।

काठमाडौं := शोभित बस्नेतको नयाँ चलचित्र ‘जय हो’मा निर्देशकका रूपमा टेक पैरवी राई भित्रिनुभएको छ । सलोन सलिना फिल्मस् र निर्देशक टेक पौरखी राईबीच लिखित सम्झौता भएको हो ।

चलचित्रमा सलोन बस्नेतले शीर्ष भूमिकामा देखिदैहुनुहुन्छ । निर्देशनमा अनुबन्ध हुनुभएका राई चित्रकार हुनुहुन्छ । माघ अन्तिम सातादेखि छायांकनमा जाने यो चलचित्र काठमाडौं, पोखरा, मुस्ताङ र अष्ट्रेलियामा छायांकन गरिने जनाइएको छ ।

सुरेश न्यौपानेको कथा रहेको चलचित्रमा अहिलेसम्म सलोनमात्र फाइनल हुनुभएको छ भने अन्य कलाकार र मुख्य अभिनेत्रीको छिट्टै टुंगो लाग्ने निर्माण पक्षले बताएको छ ।

एक्सन लभस्टोरी जनरामा निर्माण हुने यो चलचित्रमा सागर आले मगरको संगीत रहने छ भने राज के अधिकारी र सुरज सरकारले लगानी रहनेछ । चलचित्रमा रामजी राउत क्रियटिभ निर्देशकका रूपमा रहनुहुनेछ ।