नेपाली कांग्रेस पार्टीको संसदीय दलको नेताको लागि मतदान शुरू।

काठमाडौं := नेपाली कांग्रेस पार्टीको संसदीय दलको नेताको लागि मतदान शुरू भएको छ । अहिले बिहान ८ बजेदेखि शुरू भएको मतदान १० बजेसम्म चल्नेछ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा मतदान भइरहेको हो ।

संसदीय दलको चुनावमा संस्थापन पक्षबाट प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा र इतर समूहबाट महामन्त्री गगन थापा उम्मेदवार हुनुहुन्छ । देउवा दलको नेता हुँदै पाँचपटक प्रधानमन्त्री बनिसक्नुभएको छ । थापा पहिलोपटक दलको नेतामा प्रतिस्पर्धामा हुनुहुन्छ ।

संसदीय दलको नेता चयनमा कांग्रेसबाट निर्वाचित भएका सांसदहरू मतदाता हुन्छन् । यसपटक ८९ जना सांसद छन् ।संसदीय दलको विधानबमोजिम निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ । कांग्रेसमा संसदीय दलको नेता जो बन्छ, उही सरकारको प्रधानमन्त्री बन्ने अभ्यास छ ।