मिसेस वर्ल्ड-२०२२ को उपाधि भारतीय सुन्दरी सरगम कौशललाई

न्यूयोर्क:= मिसेस वर्ल्ड २०२२ को उपाधि भारतीय सुन्दरी सरगम कौशलले जित्नुभएको छ । अमेरिकामा सम्पन्न ३८औं संस्करणको मिसेस वल्र्डमा विजयी भएसँगै भारतले २१ वर्षपछि मिसेस वर्ल्डको उपाधि आफ्नो पोल्टामा पारेको हो । यसभन्दा अघि सन् २००१ मा अभिनेत्री अदिति गोवित्रिकरले यो ताज पहिरिनुभएको थियो ।

मिसेज इण्डिया २०२२ को विजेता भएसँगै मिसेज वर्ल्डमा भाग लिनुभएकी ३२ वर्षीया सरगम मोडलको साथै शिक्षिका हुनुहुन्छ । विवाहित महिलाहरूको पहिलो सौन्दर्य प्रतियोगिताको रूपमा सन् १९८४ देखि मिसेस वुमनका नाममा सुरु भएको प्रतियोगिताको नाम सन् १९८८ मा मिसेस वर्ल्डमा परिवर्तन भएको थियो । एजेन्सी ।