काठमाडौं := नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् । मंगलबार बसेको पार्टी संसदीय दलको बैठकबाट ओली सर्वसम्मत चयन भएका हुन् ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओली दलको नेता चयन भएका हुन् । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने अर्को बैठकबाट चयन हुने अध्यक्ष ओलीले सांसदहरुलाई जानकारी दिएका छन् । नेकपा एमालेमा प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा ७८ जना सांसद छन्।




















