फुटबलर मेस्सीलाई ‘बीबीसी स्पोर्ट स्टार अफ द इयर’ को अवार्ड प्रदान।

एजेन्सी := फुटबल खेलमा विश्व विजेता अर्जेन्टिनी फुटबल टिमका कप्तान लियोनल मेसीले बीबीसी स्पोर्ट पर्सनालिटी अन्तर्गत वर्ल्ड स्पोर्ट स्टार अफ द इयर अवार्ड प्राप्त गरेका छन् ।

बेलायती मिडिया बीबीसीले मेसीलाई २०२२ को लागि यस अवार्ड प्रदान गरेको हो । बीबीसीले हरेक वर्ष प्रदान गर्दै आएको बीबीसी स्पोर्ट्स पर्सनालिटी अन्तर्गत यो वर्षको ‘वर्ल्ड स्पोर्ट स्टार’ अवार्डबाट मेस्सीलाई सम्मानित गर्ने भएको हो ।

३५ वर्षीय मेस्सीले अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जिताएका थिए । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट-जर्मेनका फरवार्डले आफ्नो पाँचौं विश्वकपमा सात गोल गरेपछि प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई दिइने गोल्डेन बलको अवार्ड समेत जितेका थिए ।

अघिल्लो वर्ष आयरल्याण्डकी घोडचढी खेलाडी रचेल ब्ल्याकमोरले यो अवार्ड जितेकी थिइन् । ३५ वर्षीय मेसीले आइतबार कतारमा अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप उपाधि दिलाएका थिए । अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै तेस्रो पटक उपाधि जित्दा मेसीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।