नेपाल वायु सेवा निगमले माग्यो स्थायी पदपूर्तिका लागि कर्मचारी।

काठमाडौं := नेपाल वायुसेवा निगमले स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । सातौँ तहदेखि चौथो तहसम्मका लागि निगमले आवेदन आह्वान गरेको हो ।

रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले अनलाइन दरखास्त दिन सक्ने निगमले जनाएको छ । एक महिनाभित्र आवेदन दिनु पर्नेछ । आवेदन शुक्रबारको गोरखापत्रमा निकालिएको छ ।