मलेसियामा मनोज चौधरी र कृष्णकुमारको हत्या आरोपित ठाकुर प्रसाद भण्डारी अदालतमा उपस्थित।

सेरेम्बान:= यहीँ डिसेम्बर महिनाको गएको ३ तारिखको दिन मलेसियाको सेरेम्बानमा अवस्थित एक रेष्टुरेन्टमा हथौडाले हानेर दुई नेपालीको हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्त ३७ वर्षीय नेपाली ठाकुर प्रसाद भण्डारीलाई आजदेखि मलेसियाको अदालतमा उपस्थित गराई मुद्दा दर्ता गरि सुनुवाइ सुरु भएको छ।

लामो समयदेखि रेष्टुरेन्ट संचालन समेत गर्दै आएका अभियुक्त ठाकुर प्रसाद भण्डारीले सुरक्षागार्डमा काम गर्दै आएका नेपाली श्रमिकहरु ३५ वर्षीय मनोजकुमार चौधरी र ४६ वर्षीय कृष्णकुमार दमाई परियारको हत्या गरेको आरोप छ।

मलेसियन प्रहरीले ३ डिसेम्बरको दिन ठाकुर लाई मादक पदार्थ सेवन गरेको हालत मा हत्या भएको ठाउँबाट घाइते भएको अवस्थामा पक्राउ गरिएको थियो। साथै हत्यामा प्रयोग भएको हतौडा हतियार पनि फेला पारेको थियो ।

मलेशिया प्रहरी अनुसार “घटना स्थल नजिकै नेपाली सुरक्षा गार्डहरू लाई र विदेशी श्रमिकहरुलाई खाना खुवाउने ती अभियुक्त भण्डारीलेनै क्यान्टिन संचालन गर्दै आएका थिए। मृतक नेपाली सुरक्षा गार्डहरू घटनास्थलको नजिकै पछाडिको भवनमा बस्ने गर्दथे।

अदालतमा मुद्दा सुनुवाइको क्रममा अभियुक्त ३७ वर्षीय ठाकुरप्रसाद भण्डारीमाथी प्रहरीले घटनाबारे छानबिन पश्चात् दर्ज गरेको मुद्दा आरोपलाई मजिस्ट्रेट मोहम्मद इब्राहिम मोहम्मद गुलामले मलायु भाषामा पढेर सुनाएपछि अभियुक्त भण्डारीले “हो” भन्ने संज्ञा दिदै टाउको मात्रै हल्लाएका थिए।

तर, सोही घटनामा पक्राउ परेर सोधपुछ पछि जमानतमा छुटेका अभियुक्तहरूबाट कुनै बयान लिइएन । अभियुक्त भण्डारी अदालतबाट दुईजनाको हत्या आरोपमा दोषी ठहरिएमा मलेसियन पेनलकोट दंड संहिताको धारा ३०२ अन्तर्गत मृत्युु दण्डको सजाय पाउनेछन्।

ADVERTISE