सर्त र माग विनानै लोसपा पार्टी सरकारमा जान तयार।

काठमाडौं:= लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ । यसअघि नै सत्ता गठबन्धनमा रहेकाले निरन्तरता स्वरूप सरकारमा सहभागी हुने नेता केशवकुमार झाले बताउनु भयो ।

उहाँले भन्नुभयो ‘पार्टी बैठकमा शीर्ष नेताहरूबीच सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ । यसअघि पनि सत्ता गठबन्धनमै रहेकाले कुनै नयाँ निर्णय गर्न जरुरी छैन ।’ नेता  झाका अनुसार संविधान संशोधन लगायतका मुद्दा कायम छन् ।

उहाँले निर्वाचन अघिकै निर्णयको निरन्तरता भएकाले सरकारमा सहभागी हुन कुनै फरक माग भने नरहेको उहाँले जानकारी दिनुभयो ।