मोरक्को बन्यो विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम, पोर्चुगल बाहिरियो।

कतार := पोर्चुगललाई हराउँदै मोरक्को पहिलो पटक फिफा विश्व कप फुटबलको सेमिफाइनलमा पुगेको छ । योसँगै मोरक्को इतिहासमै पहिलोपटक विश्व कप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।

कतारको अल थुमामा स्टेडियममा शनिबार सम्पन्न भएको क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई १-० ले हरायो । यस जितसँगै मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन टिम समेत बनेको । इन्जुरी टाइममा वालिद चेडिराले दोहोरो पहेँलो कार्ड पाएपछि मोरक्कोले दश खेलाडीमा रहेर खेल अन्त्य गरेको थियो ।

मोरक्कोले समूह चरणमा साविक उपविजेता क्रोएसियासँग बराबरी खेल्दै विश्वकप सुरु गरेको मोरक्कोले बेल्जियम र क्यानडालाई पराजित गरेको थियो । त्यस्तै अन्तिम १६ मा पूर्व विजेता स्पेनलाई पेनाल्टीसुटआउटमा पराजित गरेको मोरक्कोले जारी विश्वकपमा ठूला टिमहरुलाई माथ दिँदै आएको छ । त्यसक्रममा क्वाटरफाइनलमा मोरक्कोले क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई पराजित गर्‍यो।