म गोल्डेन बुटका लागि होइन, विश्वकपको ट्रफी उचाल्न आएको हुँ:- युवा स्ट्राइकर एम्बाप्पे।

PARIS, FRANCE - OCTOBER 1: Kylian Mbappe of PSG celebrates his goal during the Ligue 1 match between Paris Saint-Germain (PSG) and OGC Nice (OGCN) at Parc des Princes stadium on October 1, 2022 in Paris, France. (Photo by Jean Catuffe/Getty Images)

दोहा:= फ्रान्सको राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर केलियन एम्बाप्पेले आफू विश्वकपको ट्रफी उचाल्न कतार आएको बताएका छन्।  पोल्याण्डमाथि ३–१ को सानदार जित निकालेपछिको पोस्टम्याच कन्फ्रेन्समा बोल्दै एम्बाप्पेले उक्त कुरा बताएका हुन्।

५ गोल र २ असिस्टसहित गोल्डेन बुट दाबेदारको अग्रस्थानमा रहेका एम्बाप्पेले भने, ‘म गोल्डेन बुट वा बलका लागि भन्दा पनि फ्रान्सलाई विश्वकप जिताउन यहाँ आएको हुँ। मेरो पहिलो उदेश्य विश्वकप उपाधि जित्नु हो। यदि, बुट र बल जिते अवश्य खुसी भने हुनेछु।’

एम्बाप्पेलाई गोल्डेन बुटको दौडमा अन्य खेलाडीले पच्छ्याइरहेका छन्। स्पेनका अल्भारो मोराटा, फ्रान्सकै ओलिभर जिरुड, अर्जेन्टिनाका लियोनल मेसी, ब्राजिलका रिचार्लिसन, इंग्ल्याण्डका मार्कस रास्फोर्ड र बुकायो साका, नेदरल्याण्ड्सका कोडी गोप्कोले एम्बाप्पेलाई पच्छ्याइरहेका छन्।

एम्बाप्पेको टिम डिफेन्डिङ च्याम्पियन फ्रान्स अहिले पनि उस्तै लयमा छ। एम्बाप्पेको गतिलाई रोक्न विपक्षीलाई निकै हम्मेहम्मे पर्ने देखिन्छ। २३ वर्षको उमेरै विश्वकपमा ८ गोल गर्दै एम्बाप्पेले पेलेको ७ गोलको कीर्तिमानलाई पछि पारेका छन्।

कम उमेरमा ८ गोल गर्दै एम्बाप्पेले इटालीका युसेबियो डी फ्रान्सेसको कीर्तिमान पनि भंग गरेका छन्। एम्बाप्पेले २३ वर्ष ३४९ मा ८ गोल गर्दा युसेबियोले भने २४ वर्ष १८२ दिनमा उक्त रेकर्ड बनाएका थिए। पछि पोल्याण्डलाई नै अर्को गोल थपेपछि उनले दुईवटा विश्वकपमा ९ गोल गरिसकेका छन्।