क्वालालम्पुर (मलेसिया):= मलेसियाका प्रधानमन्त्री दातोक श्रि अनवर बिन इब्राहिमले शुक्रबार आफ्नो सरकारको मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले देशको सबै भागलाई प्रतिनिधित्व गराउने अभिप्रायले दुईजना उपप्रधानमन्त्रीसमेत नियुक्त गर्नुभएको छ ।
शुक्रबार एक टेलिभिजन सम्बोधनमा प्रधानमन्त्री अन्वरले अर्थमन्त्रीको जिम्मेवारी भने आफैँले सम्हाल्ने बताउनुभएको छ। दातोक श्रि अनवरले सन् १९९१ देखि १९९८ सम्म पनि अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो । युनाइटेड मलेस नेसनल अर्गनाइजेसन (युएमएनओ) का अध्यक्ष अहमद जाहिद हमिदी र उत्तरी बोर्नियो राज्य सारावाकका फदिल्लाह युसुफलाई उपप्रधानमन्त्रीको जिम्मेबारी दिइएको छ ।

प्रधानमन्त्री दातोक श्रि अनवर इब्राहिमले यसअघि उत्तरी बोर्नियो राज्य सबा र सारावाकलाई बढी प्रतिनिधित्व दिने वाचा गर्नुभएको थियो । अन्य प्रमुख मन्त्रीहरूमा क्रमशः यातायात मन्त्रीमा एन्थोनी लोक सिउ फुक, अन्तर्राष्ट्रिय व्यापार तथा उद्योग मन्त्री टेङ्कुु जाफ्रुल टेङ्कु अब्दुल अजिज र विदेशमन्त्री जाम्ब्री अब्दुल कादिर , कृषि तथा खाद्य खाना सुरक्षा मन्त्री मोहम्मद साबु , स्थानीय सरकार विकास मन्त्री नङ् कोर मिङ्ग , रक्षामन्त्री मोहम्मद हसन , सार्वजनिक निर्माण मन्त्री अलेक्जेन्डर नान्ता निङ्गा , गृहमन्त्री सैफुदिन नसुशिन इस्माईल , उच्च शिक्षामन्त्री मोहम्मद खालिद निरदिन , बिज्ञान र प्रविधि मन्त्री चाङ लिह काङ् , महिला तथा सामुदायिक विकासमन्त्री नानसी सुक्री , घरेलु ब्यापार मन्त्री सलाहुदिन अयुब , मानव संसाधनमन्त्री भिएन शिवा कुमार , स्वास्थ्यमन्त्री डा.जालिहा मुस्ताफा लगायत गरि जम्माजम्मी २८ जना मन्त्री रहनुभएको छ।

नियुक्त मन्त्रीहरु पाकातान हारापनको सरकारमा सामेल भएका विभिन्न राजनीतिक दलबाट प्रतिनिधित्व गर्दै सरकारमा सामेल भएका हुन्। मन्त्रीहरुको शपथ ग्रहण समेत सम्पन्न भैइसकेको छ।
मलेसियामा गएको नोभेम्बर महिना १९ तारिख आमनिर्वाचन सम्पन्न भएको थियो । त्यस लगत्तै निर्वाचनमा विभिन्न राजनीतिक पार्टी भन्दा बढी दातोक श्रि अनवर इब्राहिमको पार्टी पाकातान हारापनले बहुमत सिट हासिल गरेका थिए। सोही अनुरुप मलेसियाको राजाहरुले मिलेर अनवरलाई मलेसियाको १०औं प्रधानमन्त्री चयन गरेका थिए।
PHOTO SOURCE : BERNAMA AND THE STAR





















