अस्ट्रेलियालाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप फुटबल-२०२२ को क्वाटरफाइनलमा प्रवेश।

कतार := करिअरको १ हजारौं गोलमा मेस्सीले जादुयी प्रदर्शन गर्दा दुईपल्टको विश्व च्याम्पियन अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

३५ वर्षीय मेस्सी करिअरको १६९ अन्तर्राष्ट्रिय खेल खेलिरहेका थिए । टिमलाई अर्को चरणमा पुर्याउनका लागि मेस्सीले आवश्यक समयमा शानदार प्रदर्शन गरे। दुई पटकको विजेता अर्जेन्टिना विश्वकपमा आठौं पटक अन्तिम आठमा पुगेको हो।उनीहरु आगामी शुक्रबार नेदरल्याण्ड्ससँगको क्वाटरफाइनल खेलका लागि तयारी गर्नेछन् ।

अन्तिम १६ को खेलमा अस्ट्रेलियालाई २-१ गोलले पराजित गर्दै अर्जेन्टिना अन्तिम आठमा प्रवेश गरेको छ। अर्जेन्टिनाको जितमा कप्तान लिओनल मेसी र जुलियन अल्भारेजले एक एक गोल गरे। यस्तै अर्जेन्टिनाका फर्नान्डेजले आत्मघाती गोल गरे।

विश्वकपको यो खेलसँगै लियोनल मेस्सीले आफ्नो करिअरमा आधिकारिक १ हजार खेल पूरा गरे । मेस्सीको यो करिअरको ७८९औं गोलसमेत हो ।

लगातार पाँचौं संस्करण फिफा विश्वकप खेलेका मेस्सीले विश्वकपमा गोलसंख्या ९ पुर्याएका छन् । जारी विश्वकपमा उनको यो तेस्रो गोल हो । मेस्सीले विश्वकपको नकआउट चरणमा गोल गरेको यो पहिलोपल्ट समेत हो ।