फिफा विश्वकप फुटबल: अस्ट्रेलियाले ट्युनिसियालाई १-० गोल अन्तरले हरायो।

काठमाडौं := कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ अन्तर्गत अष्ट्रेलियाले समूह डी को खेलमा ट्युनिसियालाई पराजित गरेको छ। शनिबार कतारको अल जानौब रंगशालामा अस्ट्रेलियाले ट्युनिसियालाई १-० गोल अन्तरले पराजित गरेको हो।

खेलको २३ अ‍ौं मिनेटमा मिसेल डुकले गरेको गोल नै अष्ट्रेलियाको जितमा निर्णायक सावित भयो। पहिलो खेलमा फ्रान्ससँग पराजित भएको अस्ट्रेलियाले ३ अंक जोडेको छ ।