एजेन्सी:= फिफा विश्वकप फुटबल-२०२२ आयोजक देश कतारले विश्वकप खेलको अवधिभर रंगशाला वरपर मदिरा , दारु बिक्रीमा प्रतिबन्ध लगाएको छ। फिफाले शुक्रबार आयोजकले रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको जनाएको छ।
फिफा र आयोजकबीच प्रतियोगिताको दौरान रंगशाला वरिपरी मदिरा बिक्री गर्ने कि नगर्ने भन्ने विषयमा वार्ता भएको थियो । तर, अब इजाजत पत्र प्राप्त स्थानमा मात्र मदिरा बिक्री गर्न पाईने छ । फिफा विश्वकप आइतबारदेखि सुरु हुँदै छ । यस पटकको विश्वकपका खेलहरु ८ रंगशालामा आयोजना हुँदै छन्।