एमालेले जाँड,रक्सी खुवाएर पठाएका केही मान्छेले आक्रमण गर्यो: उम्मेद्धार डा. विरोध खतिवडा।

मकवानपुर:= एकीकृत समाजवादीका महासचिव एवं मकवानपुर क्षेत्र नं १ का उम्मेद्धार डा. विरोध खतिवडाले आफूमाथि एमालेले जाँड खुवाएर पठाएका केही मान्छेले आक्रमण गराएको प्रतिकृया दिएका छन् ।

गठबन्धनले चुनाव जित्ने निश्चित देखेपछि अत्तालिएर एमालेले चुनावी सभामा जाने क्रममा आफूमाथि आक्रमण गराएको उनले दावी गरेका छन्। सभामा जाने क्रममा हिजो उनीमाथि हमला भएको थियो ।

मनहरीमा चुनावी सभामा जाने क्रममा एक व्यक्तिले खतिवडामाथि आक्रमण गर्न जाँदा आफै लडेको र उनलाई प्रहरीले उद्धार गरेको गठबन्धनको दावी छ ।

खतिवडाले राजालाई पछार्न, केपी ओलीलाई पछार्न यही ज्यान लडेको भन्दै एमालेलाई हिम्मत भए आमने सामने आउन चूनौती पनि दिए ।