बार्सिलोनाले एथलेटिक क्लबलाई ४-० गोलले पराजित गर्यो।

एजेन्सी := ला लिगा फुटबल खेलअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले एथलेटिक क्लबलाई ४-० ले पराजित गरेको छ।घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन औसमाने डेम्बेले, सर्जियो रोबार्टाे, रोबार्टाे लेवान्डोस्की र फेरान टोरेसले एक एक गोल गरे।

पहिलो हाफमा तीन गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा एक मात्रै गोल गरेको थियो। जितसँगै बार्सिलोना ११ खेलबाट २८ अंक सहित दोस्रो स्थानमा छ । समान खेलबाट ३१ अंक सहित रियल मड्रिड शीर्षस्थानमा छ । एथलेटिक समान खेलबाट १८ अंक सहित छैटौं स्थानमा छ ।