एजेन्सी := दुईपटकको टी-२० विश्वकप विजेता वेष्ट विन्डिज विश्वकपबाट बाहिरिएको छ । शुक्रबार भएको आफ्नो तेस्रो खेलमा आयरल्याण्डसँग नौ विकेटले पराजित भएपछि वेष्ट इण्डिज टी-२० विश्वकपबाट बाहिरिएको हो । आयरल्याण्ड भने सुपर १२ मा प्रवेश गरेको छ ।
निर्धारित २० ओभरको खेलमा पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले पाँच विकेटको क्षतिमा १४६ रन बनाएको थियो । १४७ रनको लक्ष्य पाएको आयरल्याण्डले एक विकेटको क्षतिमा १५० रन बनाउँदै सुपर १२ को स्थान सुरक्षित गरेको छ । आयरल्याण्डको जितमा लुर्कान टकरले ४५ र पउल स्टिरिलिङले ६६ रनको पारी खेल्नुभयो ।




















