दसैंको उपलक्ष्यमा मलेसियाको नेपाली राजदूत पौडेलद्वारा शुभकामना व्यक्त, दूतावास दुईदिन बन्द।

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर (मलेसिया):= मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासको तर्फबाट राजदूत डिल्लीराज पौडेलद्वारा चाडपर्वको अवसरमा सम्पुर्ण नेपाली श्रमिकहरुमा शुभकामना सन्देश जारी गर्नुभएको छ।

नेपाली हिन्दू धर्मावलम्बीहरुको महान चाडपर्व विजया दशमीको उपलक्ष्यमा मलेसिया , इन्डोनेसिया , ब्रुनाई , फिलिपिन्समा रहनुभएका समस्त नेपालीहरुमा सुख , शान्ति ,  सु-स्वास्थ्य एवम् दिर्घायु , उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं , नेपाली दूतावासले आज सोमबार सार्वजनिक गरेको एक सुचनामा उल्लेख छ।

साथै सोही चाडपर्वको अवसरमा सार्वजनिक विदा परेकोले यहीँ मिति २०७९ असोज १८ गते मंगलबार (अक्टोबर ४ तारिख ) र १९ गते (अक्टोबर ५ तारिख) बुधबार गरि दुई दिनसम्म दूतावासको कार्यालय कन्सुलर सेवा समेत बन्द रहने सुचनामा उल्लेख छ।