पीएनसीसीको आयोजना तथा नेपाली दूतावासको समन्वयमा हेल्प डेस्क कार्यक्रम सम्पन्न।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको साहाआलममा प्रवासी समन्वय समिति (पीएनसीसी)को आयोजना तथा नेपाली राजदूतावास मलेसियाको समन्वयमा हेल्प डेस्क कार्यक्रम सम्पन्न भएको छ ।

यहीँ अक्टोबर २ तारीख आईतवारको दिन सम्पन्न उक्त कार्यक्रममा समसामयिक श्रमिकका समस्या समाधान बारे साहाआलाम क्षेत्रका १० वटा भन्दा बढि कम्पनीमा कार्यरत श्रमिकहरुसंगै छलफल गर्नुको साथै समस्या समाधानका उपायबारे छलफल गरिएको थियो।

हेल्प डेक्समा नेपाली दुतावासका सहायक जनसम्पर्क अधिकृत जय गिरीले समसामयिक बिषयहरु जानकारी गराउदै नेपाल र मलेसिया बिच शुन्य लागतको श्रम सम्झौता भएको स्पष्ट पारे। उनले भने, ” सुन्नमा आएको छ, मलेसियामा वैदेशिक रोजगारीमा आउन सम्झौता बिपरित धेरै पैसा तिरेर नेपालीहरु आउने गरेका छन । सम्झौता बिपरित पैसा लिने र दिने कार्य नगर्न मेनपावर ब्यावसायीहरु तथा वैदेशिक रोजगारीमा आउन चाहाने नेपालीहरुलाई आग्रह गर्दै यदि कसैले सम्झौता बिपरित पैसा मागेमा नेपाल प्रहरी, परराष्ट्रमन्त्रालय र वैदेशिक रोजगार बोर्डमा उजुरी गर्न सुझाव दिए ।

कम्पनीबाट भागेर अन्य ठाउँमा काम गर्नु आफ्नो जीवनलाई जोखिम पार्नु हो । त्यसैले यदि वास्तविक समस्या परे नेपाली दुतावास, वैदेशिक रोगार बोर्ड तथा परराष्ट्रमन्त्रालयमा उजुरी गरि समस्याको समाधान हुने गिरीले बताए । वैदेशिक रोजगारीमा धेरै जोखिमहरु भएको उल्लेख गर्दै हरेक २/२ बर्षमा घर बिदा लिने र सबैले श्रम स्वीकृति नबिकरण गर्न पनि आग्रह गरे ।

पिएनसीसीका संयोजक मछिन्द्रनाथ चापागाईले उपस्थित सबैलाई धन्यबाद दिदै मलेसियामा नेपाली श्रमिकलाई पर्ने समस्याहरु प्राय सचेतना र जानकारीको अभावले हुने र सोकारण नेपाली श्रमिकहरुको सरोकार रहेको कार्यक्रमहरुमा धेरै भन्दा धेरै सहभागी हुन उनलेे आग्रह गरे । सहभागीहरुले आफ्ना जिज्ञासा र समस्याहरु कार्यक्रममा जानकारी गराएका थिए ।