डेंगु संक्रमणका कारण गायिका सुष्मिता राईको निधन।

काठमाडौं := गायिका सुष्मिता राईको निधन भएको छ । उहाँको डेंगु संक्रमणका कारण निधन भएको हो । डेंगुको संक्रमणपछि काठ्माडौं पाटन अस्पताल भर्ना हुनुभएभएकी राईको उपचारका क्रममा बुधबार निधन भएको हो ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमकी गायिका राईलाई मिर्गौला, कलेजो र फोक्सोमा समेत संक्रमण देखिएको थियो । जन्मेको ६ वर्षमै दृष्टि गुमाउनुभएकी गायिका राई खोटाङबाट काठमाडौं आएर सांगीतिक क्षेत्रमा भविष्य बनाउन संघर्षरत हुनुहुन्थ्यो । छोटो समयमै दर्शक स्रोताको मन जित्न सफल उहाँले राजेशपायल राईलगायतसँग गीत गाउनुभएको छ।