सहयोगको अपिल गर्दै मृगौला पीडित सन्त कुमार चौधरीको परिवार।

[ बुद्धिराम चौधरी ] 

भरतपुर (चितवन):= विगत दुईबर्ष देखि मिगौला र कलेजो सम्बन्धि समस्यासँग जुध्दै आउनुभएका भरतपुर महानगरपालिका वडा नं.२५ स्थित बसकठ्ठा टोल विकास संस्था निवासी सन्त कुमार चौधरीको परिवारले उपचारको लागि सहयोगको अपिल गरेका छन् ।

सन्त कुमार चौधरीका बुबा शिखाराम चौधरीले आफ्नो छोराको उपचारको क्रममा चितवनका अस्पतालहरुमा धाउँदाधाउँदै आर्थिक अवस्थाले नधान्ने अवस्था आएकोले आफ्ना इष्टमित्र, शुभचिन्तकहरुसँग सहयोगको अपिल गर्न लागिएको बताउनुभयो ।

उहाँले आर्थिक अवस्थाको कारण छोराको उपचार गर्न आफूहरुलाई निकै कठिनाई भएकोले सम्पूर्णमा आ–आफ्नो ठाउँबाट सहयोग गरी छोराको उपचारमा सहयोग पु¥याईदिनुहुन आग्रह गर्नुभयो ।

सन्त कुमार चौधरीको उपचारको लागि कामको सिलसिलामा साउदीमा रहनुभएका समाजसेवी गोबिन्द चौधरीको अगुवाईमा जम्मा भएको रु ५३, ५१४ रुपैयाँ परिवारलाई हस्तान्तरण समेत गरिएको थियो । सहयोग गर्न चाहने इच्छुक व्यक्ति, संघ–संस्थाहरुले सन्त कुमार चौधरीको नाममा रहेको एनआईसि एसिया बैंकको खाता नं. २६६५७५२३५४९८९००१ मा समेत जम्मा गर्न सकिने परिवार स्रोतले जानकारी दिएको ।

यसअघि देश विदेशबाट छोरा सन्त कुमारको स्वास्थ्य उपचारको लागि चासो राखेर आर्थिक सहयोग गर्ने सहयोगी मनलाई परिवारको तर्फबाट आभार समेत व्यक्त गरिएको छ ।