काठमाडौं := काठमाडौ महानगरपालिकाले केहि बर्ष पहिलेदेखि गायब भएको टुकुचा खोला भेटाएको छ। विहीबार महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाउँदा जय नेपाल हलको कम्पाउन्डमा १५ फिट खन्दा टुकुचा खोला भेटाइएको हो ।
नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला जय नेपाल हलक्षेत्रमा गायब भएको बताउँदै स्थानीयहरुले उत्खननको माग गर्दै आएका थिए । महानगरले गत साउन १२ गते सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो ।

पछिल्लो समय काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन)ले शहरका अवैध संरचना भत्काउने अभियान नै चलाएका छन्। पार्किङको लागि स्वीकृति लिएर व्यवसाय संचालन गरिरहेका भवनमा महानगरले डोजर चलाइरहेको छ।




















