ग्लोबल आइएमई क्यापिटल र नेपाल क्लियरिङ हाउसबीच सम्झौता।

काठमाडौं := ग्लोबल आइएमई क्यापिटल र नेपाल क्लियरिङ हाउसबीच सम्झौता भएको छ । क्यापिटलले एनसिएचएलको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी व्यवस्थाअन्तर्गत नेशनल पेमेन्ट स्विचका लागि सम्झौता गरेको हो । सम्झौतापत्रमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल र एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको छ।

सम्झौतासँगै क्यापिटलको आन्तरिक भुक्तानी प्रणालीलाई एनसिएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी ग्राहकले डिभिडेण्ड भुक्तानी, डिपीको शुल्क संकलन, म्युचुअल फण्डसम्बन्धी भुक्तानीलगायत विभिन्न प्रकारका भुक्तानी कारोबार बैंक खाताबाट सोझै गर्न सक्ने कम्पनीले जनाएको छ।