महिला साफ फुटबलमा बंगलादेशसँग भारत ३-० गोल अन्तरले हार्यो।

काठमाडौं := छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा भारतले पहिलोपटक हार व्यहोरेको छ । बंगलादेशसंग भारत ३-० ले पराजित भएको हो ।

बंगलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरेकी थिइन् । श्रीमोती सरकारले पनि एक गोल प्रहार गरेकी थिइन् ।

साविक विजेताविरुद्ध १२औं मिनेटमा बंगालदेशकी सोप्नाले, सरकारले २२औं मिनेटमा र ५३औं मिनेटमा सोप्नाले दोस्रो गोल गरेकी थिइन् । जवाफमा भारतले कुनै पनि गोल फर्काउन सकेन ।

समूह विजेता बनेको बंगलादेशले समूह ‘ए’ मा ३ खेलमा ९ अंक जोडेको छ । भारत ३ खेलमा ६ अंक जोडेर समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । सेमिफाइनलमा बंगलादेशले भुटानको सामना गर्नेछ ।

त्यस्तै सेमिफाइलनमा नेपाल र भारत पनि भिड्ने भएका छन्। नेपाल र भारत तथा बंगलादेश र भुटानबीचको सेमिफाइनल खेल शुक्रबार हुने छ ।