एजेन्सी := एसिया कप क्रिकेटको उपाधि श्रीलंकाले जितेको छ। दुबई इन्टरनेशनल क्रिकेट मैदानमा गएराति सम्पन्न खेलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंकाले एसिया कपको उपाधि जितेको हो। टस हारेर ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तान १४७ रनमा समेटियो।
सुरुवाती ब्याटिङ गरेको श्रीलंकाका लागि भानुका राजापाक्षेले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ७१ रन बनाउँदा वानिन्दु हसरंगा दा सिल्भाले ३६ रन बनाए। त्यस्तै धनन्जय डी सिल्भाले २८ रन बनाउँदा छमिका करुणारत्नेले अविजित १४ रन बनाए।
बलिङतर्फ पाकिस्तानका हरिस रउफले ३ विकेट लिँदा नसीम शाह, शदाब खान र इफ्तिकार अहमेदले समान १ विकेट लिए।
बलिङतर्फ श्रीलंकाका प्रमोध मधुसन लियङ्गामाजले सर्वाधिक ४ विकेट लिँदा वानिन्दु हसरंगाले ३, छमिका करुणारत्नेले २ तथा महीस थिकसनाले १ विकेट लिए।
योसँगै श्रीलंकाले छैटौं पटक एसिया कपको उपाधि जितेको छ। यसअघी सन् १९८६, १९९७, २००४, २००८ र २०१४ मा श्रीलंकाले उपाधि जितेको थियो।


















