[ नवराज क्ष्रेष्ठ ]
काठमाडौं := काठमाडौं उपत्यकाको महत्वपूर्ण पर्व इन्द्रजात्रा शुक्रबार मनाइएको छ । जात्राको राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्च पदस्थ अधिकारीहले अवलोकन गर्नुभएको छ ।
वर्षा र सहकालका देवता मानिने इन्द्रलाई पूजा गरी उपत्यकाको विशेष पर्व इन्द्रजात्राको मुख्य दिन कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा पनि गरिएको छ ।





















