नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न अदालतले दियो अनुमति।

काठमाडौं := नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले पक्राउ पुर्जीसहित प्रहरीलाई अनुमति दिएको छ। लामिछानेविरुद्ध एक नाबालिग किशोरीले बलात्कारको जाहेरी दिएपछि त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति माग गरेको थियो ।

अदालतले अनुमति दिएकाले अनुसन्धानका लागि अब प्रहरीले लामिछानेलाई कुनै पनि बेला पक्राउ गर्न सक्ने प्रहरीले जनाएको छ। बलात्कारको आरोपमा जाहेरी दर्ता भएसँगै प्रहरीले नेपाली क्रिकेट टोलीका कप्तान लामिछानेविरुद्धका प्रमाण सङ्कलन सुरु गरेको छ ।

उनी बसेको भनिएका नगरकोट र काठमाण्डौका होटलको सीसीटीभी फुटेज सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।सन्दीप लामिछाने अहिले क्रिकेट खेल खेल्नको लागि देश बाहिर रहेका छ्न। उनले क्यान लाई आफू खेल प्रतियोगीता सकिएर नेपाल फर्किने बताएपनि अब पक्राउ पुर्जी जारी भैइसकेकोले अब लामिछाने कुनै पनि हालतमा पक्राउ पर्न सक्छन्।