एक महिनाभित्रमा युएईमा कार्यरत नेपाली श्रमिकमध्य २४ जनाको मृत्यु।

युएई (दुबई):= एक महिनाको अवधिमा युनाइडेट अरब इमिरेट्स (युएई) दुबईमा काम गर्न पुगेका २४ जना नेपाली श्रमिकहरुको मृत्यु भएको छ। गत साउन महिनामा उनीहरुको मृत्यु भएको युएईस्थित नेपाली दूतावासले जनाएको छ।

गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीको सिलसिलामा युएई गएकामध्ये १७४ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमध्ये १६७ जनाको शव नेपाल ल्याइएको थियो भने ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको थियो।

गत आर्थिक वर्ष युएईमा मृत्यु भएकाको परिवारलाई सम्बन्धित कम्पनीले क्षतिपूर्ति स्वरुप ३२ लाख ७५ हजार ७६३ युएई दिराम प्रदान गरेका थिए।