धरान := धरान उपमहानगरपालिकामा खानेपानी आपूर्ति प्रभावित भएको छ । अत्याधिक बर्षाको कारण लेदो बग्न थालेपछि मूहानबाट आउने पानी बन्द गर्नुपरेको उपमहानगरका मेयर हर्क साम्पाङले बताए ।
‘अत्याधिक बर्षातको कारण लेदो बग्न थालेपछि मूहानबाट आउने पानी बन्द गर्नु परेकोले हाल शहरमा पानीको आपूर्तीमा गिरावट भएको जानकारी गराउँदछु ! केही समयपछि आपूर्ती शुचारु हुनेछ !’ साम्पाङले सामाजिक सञ्जालमार्फत् भने ।
मेयरमा निर्वाचित भएपछि साम्पाङ सर्दु खोलाको पानी धराने जनतालाई खुवाउन लागिपरेका छन् ।





















