महिला साफ च्याम्पियनसिपको टिकट र ब्रोडकास्टिङ अधिकार भारतीय कम्पनीलाई।

काठमाडौं:= महिला साफ च्याम्पियनसिपको टिकट र प्रशारण अधिकार भारतीय कम्पनीलाई बेचिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को खुला टेण्डरअनुसार महिला साफको टिकट र ब्रोडकास्टिङ अधिकार ६५ लाख ३८ हजारमा बिक्री भएको हो ।

भारतीय कम्पनीको हन्ड्रेड स्पोटर््सले टिकट र मार्केटिङसहितको ब्रोडकास्टिङ अधिकार किनेको हो । एन्फाले पनि मंगलबार हन्ड्रेड स्पोर्ट्ससँग टिकट र प्रशारण अधिकारको सम्झौता भएको जानकारी गराएको छ । एन्फाका महासचिव किरण राई र हन्ड्रेड स्पोर्ट्सका फाउण्डर रवीन्द्र भाटबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । एन्फाले दोस्रोपटक टेण्डरमार्फत् टिकट, मार्केटिङ र ब्रोडकास्टिङको अधिकार बेचेको हो ।

महिला साफ प्रतियोगिता काठमाडौंमा भदौ २१ गतेदेखि असोज ३ गतेसम्म सञ्चालन हुँदैछ । आयोजक नेपालले भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल रहेको समूह ‘बी’मा भुटान र श्रीलंका छन् । समूह ‘ए’मा भारत, माल्दिभ्स, पाकिस्तान र बंगलादेश छन् ।