मलेसियामा काम गर्न आएका लक्ष्मण बिगत १० बर्षदेखि सम्पर्क बिहिन,बेपत्ता।

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत एकजना नेपाली श्रमिक बिगत कैयौं बर्षदेखि मलेसियामै बेपत्ता भएको हराएका छ्न।

आज भन्दा १२ बर्ष पहिले विक्रम संबद २०६७ /०७/१४ गतेको दिन सिन्धुली जिल्ला साविक अमले गाविस वडा नम्बर ३ हाल हाल घ्याङ्ग्लेख गाउँपालिका वडा नम्बर १ सिम्ले निवासी वीर बहादुर भोलनको छोरा लक्ष्मण भोलन यतै मलेसियामै बेपत्ता हुनुभएको , हराउनु भएको हो।

बेपत्ता लक्ष्मण भोलनको पारिवारिक सदस्यले जानकारी गराए अनुसार मलेसिया रोजगारीमा आएपछि दुई बर्ष सम्म सम्पर्कमै रहेको र त्यस् पश्चात् अच्चानक सम्पर्क बिहिन भैइ बिगत १० बर्षदेखिनै मलेसियामै हराएको घर नफर्किएको बताउनुभयो।

बेपत्ता लक्ष्मण भोलनको नेपालबाट पारिवारिक सदस्यले लक्ष्मणको खोजीकार्य गरिदिनुहुनको लागि मलेसियामा स्थित नेपाली राजदूतावास र मलेसियामा कार्यरत रहनुभएका सम्पुर्ण नेपाली जनसमुदायमा आग्रह,बिन्ती गर्नुभएको छ।

मलेसियामा बेपत्ता लक्ष्यमणलाई देख्नुहुनेले मलाया खबरको सम्पर्क नम्बर +601172328150 मा कल अथवा ह्वाट्सएप गरेर अथवा पारिवारिक सदस्यको सम्पर्क नम्बर ९८४०९४७०५१ , ९८६११४८९८० मा सम्पर्क गरेर जानकारी दिन सक्नुहुनेछ्।