“तिजको रमझम, ipay remit को तिज गीतमा नाचौँ छमछम”

हिन्दु नारीको महान पर्व ‘हरितालिका तिज’लाई लक्षित गरि अई पे रेमिट प्रा.लि.ले “तिजको रमझम, ipay remit को गीतमा tiktok बनाई नाचौँ छमछम” विशेष योजना र्सावजनिक गरेको छ । यस योजना भाद्र १० गतेबाट सुरु भई असोज १५ गतेसम्म लागु हुनेछ । यस योजना अन्र्तगत उत्कृष्ट टिकटक भिडियो बनाउने ५ जाना भाग्यशाली विजेताले हरेक दिन मोबाइल टपअप रु ५००, टिकटक भिडियोमा सबैभन्दा बढि लाइक पाउने सहभागीले लक्की विजेतास्वरुप रु १५००० र बम्पर पुरस्कारमा १ जान भाग्यशाली विजेताले रु २०,००० प्राप्त गर्नुहुनेछ । यस विशेष योजनामा मलेशिया, जापान कोरिया, लगाएत विश्वको विभिन्न मुलूकबाट आई पे रेमिट र्माफत धेरै भन्दा धेरै कारोवार गरि योजनालाई सफल वनाइदिनुहुन सम्पुर्ण सेवाग्राही तथा साझेदार मित्रहरुलाई विनम्र अनुरोध गर्दछौ ।

नेपालको जुनसुकै ठाउँमा छरिएर रहेको २०००० भन्दा बढि भुक्तानी केन्द्रबाट आई पे रेमिट मार्फत् पठाएको पैसा सजिलै प्राप्त गर्न सकिन्छ । साथै नेपालको जुनसुकै बैंक तथा वित्तिय संस्थामा Real Time Account deposit  / e-wallet df Real Time टप अप गर्न सकिने व्यहोरा आई पे रेमिट प्रा.लि. का बजार प्रमुख रुपनारायण श्रेष्ठले जानकारी गराउनु भयो ।