काठमाडौं := वैदेशिक रोजगारीका लागी ‘क्रोएसिया पठाउँछु’ भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बिराटनगर घर भएर बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाल छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट पक्राउ गरेको हो ।उनले पीडितहरुलाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिन्छ भनी ६ लाख २४ हजार ठगी गरेको प्रहरीको दाबी छ ।
धनञ्जय कुमार कार्की सहितका व्यक्तिहरुलाई ठगेर सम्पर्कविहीन भएपछि आरोपीलाई पक्राउ गर्न वैदेशिक रोजगार विभागले प्रहरीलाई आग्रह गरेको थियो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगारी विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।




















